आर्थिक सुधारको क्रम रक्षाका लागि अझ तिब्र गतिबाट राजनीतिक सुधार आवश्यक भएको चीनका प्रधानमन्त्रीको भनाई

आर्थिक सुधार कायम राख्न राजनीतिक सुधार आवश्यक :चिनियाँ प्रम


चीनका प्रधानमन्त्री वेन जिआवाओले मुलुकमा भईरहेको आर्थिक सुधारको क्रम रक्षाका लागि अझ तिब्र गतिबाट राजनीतिक सुधार आवश्यक भएको बताउनु भएको छ ।

 

चिनियां संसदको वार्षिक सत्रको अन्त्यमा पत्रकारहरुसंग कुरा गर्दै चिनियां प्रधानमन्त्री वेनले राजनीतिक सु्धार गर्न नसके चीनमा फेरि सांस्कृतिक आन्दोलन जस्तो त्रासदी हुन सक्ने चेतावनी दिनुभयो । उहाँले पार्टी र देशको नेतृत्व प्रणालीमा पनि परिवर्तन जरुरी भएकोमा जोड दिनुभयो ।

 

वेनले आफ्नो दश वर्षे कार्यकालमा उत्पन्न समस्या र सामाजिक बेथितिका लागि जनतासंग माफी पनि माग्नु भयो ।

 

सन् २०१२ कअ लागि आर्थिक विकास दरको लक्ष्य घटाएर ७ दशमलब ५ प्रतिशत गर्नु विकासको गति कायम राख्ने दिशामा महत्वपूर्ण कदम हुने वेनको तर्क थियो । वेनले चीन