काठमाडौं, २ चैत अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले अफगानिस्तानमा अन्तर्राष्ट्रिय मिसन राम्रोसँग चलिरहेको बताएका छन् । ओमाबाले आगामी दुई वर्षभित्र अफगानिस्तानको सुरक्षा जिम्मेवारी त्यहाँको सुरक्षा बललाई दिने तयारी भइरहेको र यस विषयमा अमेरिका प्रतिबद्ध रहेको बताए । त्यस्तै, इरानका विषयमा भने दुबै नेताहरुले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्नका लागि कुटनीतिक प्रयासका लागि अझै पनि समय रहेको बताए । बेलायती प्रधानमन्त्री अहिले अमेरिकीको भ्रमणमा छन् । दुबैले बास्केटबल प्रतियोगिता हेरेर भ्रमणको सुरुवात गरेका थिए ।