सिरियामा सरकार बिरोधी प्रदर्शनको एक बर्ष, साउदी अरबद्धारा दमस्कसमा रहेको आफनो दूताबास बन्द, गोलाबारी जारी

साउदी अरबले सिरियाको दमस्कसमा रहेको आफनो दूताबास बन्द गरेको छ । एक बर्षदेखि जारी सरकार बिरोधी प्रदर्शन रोक्न सिरियाली सरकारलाई थुप्रैं मुलुकले पहल गरेपनि हिंसा नरोकिएपछि साउदी अरबले दूताबास बन्द गर्ने निर्णय गरेको हो ।

 

सिरियमा रहेका आफना राजदूतलाई फिर्ता बोलाएको केही समयमै साउदीले दूताबास बन्द गरेको हो ।

 

सिरियामा सरकार बिरोधी प्रदर्शनका क्रममा सिरियाली सेना र प्रदर्शनकारीबीच गोलाबारी जारी छ भने प्रदर्शनकै क्रममा हालसम्म ८ हजारभन्दा बढी ब्यक्ति मारिइसकेका छन् ।