– वीरेन्द्र केसी
अर्घाखाँची – स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले जेठ १४ भित्रै संविधान जारी हुने बताएका छन । उनले जस्तो सुकै अप्ठयारोमा पनि यही सरकारले नै संविधान जारी गर्ने दावी गरे ।
हंसपुरको सिद्धार्थ उच्च माविको ५३ औं वार्षिकोत्वस समारोहलाई विहीवार सम्बोधन गर्दै मन्त्री रायमाझीले यही सरकारले जेठ १४ भित्र शान्ति प्रकि्रयाका काम पुरा गर्ने र जनताको संविधान जारी गर्ने बताए । राष्टिय सहमतीय सरकार पनि बाबुरामको नेतृत्व विना संविधान बन्दैन उनले भने सरकार ढलाउन र बनाउने गर्दा जेठ १४ मा पनि बन्दैन त्यसैले काग्रेस एमालेलाई सरकार ढलाउन पक्षमा नभएर सरकारलाई सहयोग गरि संविधान बनाउने तर्फ लाग्नुको विकल्प छैन ।
राष्टिय सहमतीको सरकार बनाएपनि बाबुरामको नेतृत्वमा बनाउनुपर्ने र शान्ति र संविधानको काम पनि सँगसँगै लगेर छिटै टुगाउनुपर्ने उनको भनाई छ । संविधान जारी नभएसम्म यो सरकार ढल्ने संभावना छैनु उनले भने जसरी पनि संविधान बनेरै छाडछ ।
माओवादी स्थायी समिति सदस्य समेत रहेको रायमाझीले पार्टी-पार्टी बीचको र नेताहरु बीचको गुट उपगुटको अगडाले केही समस्या र कठिनाई आईपरेपनि शान्ति र संविधानको विपक्षमा कोही पनि छैनन त्यसैले पनि संविधान बन्छ । यसको लागि सरकारले गृहकार्य गरिरहेको बताउँदै शान्ति र संविधान विरोधी जनताबाट नांगिएर जाने दावी गरे ।