काठमाडौ – शान्ति, सङ्घीयता, लोकतान्त्रिक संविधानसहितको राष्ट्र र राष्ट्रियताः हाम्रो चाहना हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ १२ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
नेपाल बार एसोसिएसनद्वारा आयोजित तीनदिने सम्मेलनमा देशका सबै जिल्लाका करिब चार हजार कानुन व्यवसायीको सहभागिता रहेको छ ।
राष्ट्रपति रामवरण यादवले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा संविधान लेखन प्रक्रिया एवम् कानुन व्यवसायीका हकअधिकारका बारेमा छलफल हुनेछ । सम्मेलनको क्रममा आज बिहान प्रभातफेरिको समेत आयोजना गरिएको थियो । रासस