संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले सिरियामा युद्धविराम गराउने दिशामा आफुले गरेको प्रयासप्रति व्यक्त प्रतिक्रियाबाट निराश भएको बताउनु भएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्मा आफ्नो सिरिया भ्रमणबारे जानकारी दिएपछि अन्नानले सिरियाको अबस्था अत्यन्त संवेदशील भएकाले कुनै पनि गलत निर्णय खतरनाक सावित हुनसक्ने बताउनु भयो ।
सिरियामा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका तर्फबाट उहां विशेष दुत नियुक्त हुनुहुन्छ । गत हप्ता अन्नानले सिरियाका राष्ट्रपति बशार अल असाद र त्यहां विपक्षीसंग दमस्कसमा भेटवार्ता गर्नुभएको थियो । भेटवार्ता शान्ति स्थापनाका लागि अन्यन्त महत्वपूर्ण रहेको अन्नानको भनाई थियो । उहांले नयां अन्तर्राष्ट्रिय अनुगमन मिशन दमस्कस पठाउन लागेको जानकारी पनि दिनु भयो ।
अन्नानले सुरक्षा परिषद्लाई सिरिया विरुद्ध एक मत व्यक्त गर्न पनि आग्रह गर्नुभयो । सुरक्षा परिषद्मा रुस र चीन सिरियाविरुद्धको प्रस्तावको विपक्षमा उभिंदै आए पनि अन्नानको शान्ति मिशनप्रति भने समर्थन जनाएका छन् ।
सिरियामा राष्ट्रपति असादको शासन विरुद्धको प्रदर्शनले एक वर्ष नाघिसकेको छ भने ८ हजार भन्दा बढी मानिस मारिइसकेका छन् ।