सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाद्धारा दुई महिना अघि हत्या गरिएकी श्रीमति गिता ढकालको हिन्दु परम्परा अनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो । गत पुस २७ गते सशस्त्र प्रहरीका डीआईजी कोइरालाले ढकाललाई उनकै निवास बुढानिलकण्ठमा हत्या गरी मकवानपुर टिस्टुङको मेत्राङमा लगेर आगो लगाई शब नष्ट गर्ने प्रयास गरेका थिए ।
शव जलाएको ठाउँमा भेटिएका शरीरका टुक्रा र उनका बुबा आमाको डीएनए परीक्षण गर्दा शव गीताकै भएको पुष्टि भएपछि माईती पक्षले दाहसंस्कार गरेका हुन् ।
गीताको विधि विज्ञान प्रयोगशाला ललितपुरमा डीएनए परीक्षण गरिएको थियो । गीताको शव जलाएर काठमाडौ फर्किएका कोइराला थानकोटमा पक्राउ परी हाल सदरखोर डिल्लीबजारमा छन् ।