– प्रदिप नेपाली
ठाडा, अर्घाखाँची । पर्यटनका लागी सँगसगै अर्घाखाँची जाऔ पर्यटकीय स्थलको अवलोकन गरौ भन्ने मुल नाराका साथमा जिल्लाको दक्षिण भेगमापर्ने ठाडामा वृत्तचित्र नमस्ते अर्घाखाँची प्रर्दशन तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
२ दिन सम्म चलेको कार्यक्रमा रष्ट्रिय स्तरका कलाकारहरुले गित तथा न्र त्व प्रस्तुत गरेका थिए ।
जिल्लामा पहिलो पटक आएका चर्चित कलाकार राजेश पायल राईले दर्जन गित गाएर उपस्थित दर्शकलाई छमछमी नचाए । दर्शन नमस्ते शिलशिला लगायतका चर्चित गित गाएर दर्शकलाई गितमा गित मिलाएका थिए । कलकार राजु परियारले मैले छोएको पानी नखानु लगायत गित गाएका थिए ।
जिवन परियार टिका पुनसुदिप सागर लगायत हास्यकलाकार मेरी बास्सै की चमसुरी जिरे खुसार्नी की हात्ती लगायतले उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाएका थिए ।
वृत्तचित्र नमस्ते अर्घाखाँचीका निर्माता परिकल्पना निर्देशक हेमन्त कुमार बेल्बासेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हजारैको सहभागीता थियो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.