म्याग्दीमा प्रहरी सहायक निरीक्षकद्धारा आफैले बोकेको पेस्तोलले छातीमा गोली प्रहारगरी आत्महत्या

– घनश्याम खड्का

 

म्याग्दी – म्याग्दीमा कार्यरत प्रहरी सहायक निरीक्षक यामबहादुर लामिछानेले शनिबार राति आफैले बोकेको पेस्तोलले छातीमा गोली प्रहारगरी आत्महत्या गरेका छन् ।

सदरमुकाम बेनीदेखी १५ किमी पश्चिम बाबियाचौर प्रहरी चौकीका प्रमुख लामिछानेले राती ११ बजे छातीमा गोली प्रहार गरेको र उपचारक्रममा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बताएको छ ।

सहकर्मीसँगै टिभी हेरिरहेको अवस्थामा एक्कासी आफ्नै छातीमा होली हानेपछि घाईते भएका लामिछानेलाई सहकर्मीहरुले राति नै उपचारका लागि म्याग्दी अस्पताल पुर्‍याएका थिए । असई लामिछानेले आत्महत्या गर्नु पर्नाको कारण अझै खुलेको छैन । प्रहरीले छानविन भइ रहेको जनाएको छ ।