थाइल्याण्डकी राजकुमारी महा चक्री सिरिन्धोर्नले सोमबारदेखि पाकिस्तानको भ्रमण गर्न लागेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विज्ञप्तिमा सो भ्रमण परम्परागत शाही भ्रमण रहेको पनि जनाएको छ। साथै राजकुमारीको यस भ्रमणले पाकिस्तान र थाइल्याण्ड बीचको परम्परागत हार्दिक सम्बन्धलाई अझै बलियो पार्ने पनि जनाएको छ।
विज्ञप्तिमा भ्रमण बारे स्पष्ट जानकारी नदिए तापनि स्थानिय मिडियाका अनुसार तीन दिने भ्रमण रहने छ।
राजकुमारी महा चक्री सिरिन्धोर्नले भ्रमण क्रममा राष्ट्रपति असिफ अलि जर्दारी तथा प्रधान मन्त्री युसुफ राजा गिलानीसँग दुई पक्षीय सम्बन्ध तथा आर्थिक विषयमा छलफल गर्ने जनाएको छ।