सिरियाको दोस्रो ठूलो शहर अलेप्पो, राजधानि डमस्कसनमा गाडी बम-विस्फोट गराइएको छ। सो विस्फोटमा धेरै घाइते भएका छन्। यसका साथै सिरियाली सरकार तथा विरोधी पक्ष बीचको लडाईं जारी छ।
अठार तारिख अलेप्पोको एउटा बसोबास क्षेत्रमा बम विस्फोटको आवाज सुनेको थियो। सिरियाली मानव अधिकार पर्यवेक्षण संगठनले उक्त विस्फोटनमा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै पच्चीस जना घाइते भएको कुरा जनाएको छ। तर सिरियाली पदाधिकारी पक्षले उक्त विस्फोटनको ठोस् घाइते अवस्था सार्वजनिक गरेको छैन।
प्राप्त अर्को जानकारीअनुसार, सिरिया संकटबारेको संयुक्त विशेष दूत कोफि आनानद्बारा पठाएको कार्य टोली उन्नाईस तारिख सिरियातर्फ प्रस्थान गर्ने छ। सो टोलीले सिरियामा अन्तर्राष्ट्रिय पर्यवेक्षक बन्दोबस्त गर्ने सुझावबारे छलफल गर्नेछ।