भारतमा रेल सेवाको भाडा दर बढाउने निर्णयको आफ्नै पार्टीले विरोध गरेपछि रेलमन्त्रीद्धारा राजीनामा

भारतमा रेल सेवाको भाडा दर बढाउने निर्णयको आफ्नै पार्टीले विरोध गरेपछि रेलमन्त्री दिनेश त्रिभेदीले राजीनामा दिनुभएको छ ।

 

गत हप्ता रेल्वे बजेट सार्वजनिक गर्दै त्रिभेदीले भाडा दर बढाउने निर्णय गर्नुभएको थियो । त्रिभेदीको त्रिणमुल काँंग्रेंस पार्टीले भाडादर बढाउने निर्णयको विरोध गर्दै निर्णय फिर्ता लिन माग गरेको थियो । पार्टीको आग्रहका बाबजुद त्रिभेदीले भने भाडा वृद्धिको निर्णय फिर्ता गर्न अस्वीकार गर्नूभएको थियो ।

 

उहाँले रेल्वे सेवा कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै प्रति किलोमिटर ३० पैसा सम्म भाडा बढाउने निर्णय गर्नुभएको थियो । बुधबारको यो निर्णय लगत्तै त्रिणमुल कंग्रेसकी प्रमुख एवं पूर्व रेलमन्त्री ममता वेनर्जीले भाडादरमा गरिएको वृद्धि स्वीकार्य नभएको भन्दै त्रिभेदीको राजीनामा माग्नु भएको थियो ।

 

वेनर्जीसंगको भेटपछि त्रिभेदीले पार्टीको निर्णय अस्वीकार गर्दै राजीनामाको घोषणा गर्नुभएको थियो । भारतमा ७ हजार यात्रुवाहक रेलले दैनिक १ करोड ३० लाख यात्रुलाई सेवा दिंदै आएका छन् ।