मेक्सिकोको पश्चिमी तेलोलोपान गुइरेरो राज्यमा बन्दुकधारीको आक्रमणमा परी १२ प्रहरी मारिएका छन् । यी प्रहरीहरुले टाउको काटिएका दश वटा शवका सम्बन्धमा अनुसन्धान गरिरहेका थिए ।
ला फ्यामिला र नाइट्स टेम्पलर तस्कर समुहबीच गुइरेरो राज्यमा आफ्नो नियन्त्रण कायम राख्न संघर्ष हुंदै आएको छ । सो क्षेत्रमा करिब ४ हजार मेक्सिकन प्रहरी र सेना लागु औषध तस्करी विरुद्धको अभियानमा सक्रिय छन् ।
मेक्सिकोमा सन् २००६ यता मात्र लागु औषध तस्करी सम्बन्धी घटनामा ५० हजार भन्दा बढी मानिस मारिइसकेका छन् ।