– शाहीमान राई
भोजपुर – भोजपुरको खार्तम्छा गाविस-१ चाम्लादाङमा एउटै घरमा सोमबार राति तीन जनाको हत्या भएको छ । बिहान अवेरसम्म घर सुनसान भएपछिे सोधखोज गर्दा तीन जना मृत अवस्थामा भेटिएको छिमेकीले जनाएका छन् ।
भोजपुर सदरमुकामदेखि १२ कोस उतर खार्तम्छा गाबिस-१ चाम्लादाङका पेमदोर्जी शेर्पाको घरमा उनकी श्रीमती सहित दुई जना नबालकको हत्या भएको स्थानीयबासी पर्शुराम राईले बताए । घटनामा शेर्पाको अढाई वर्षीय काखेवालक देञ्जी शेर्पा, ३० वर्षीय श्रीमती पासाङहेल्मो शेर्पा र छिमेकी ९ वर्षीय आङछिरिङ शेर्पाको हत्या भएको छ । मृतक शेर्पाले लगाएको कानको कुन्डल लगायत सुनको गरगहना र पैसा लुटिएको छ । घरमा लत्ता कपडाहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको समेत बताइएको छ ।
घरमूली धन पेमदोर्जी साउदीअरबमा छन् । घरमा काखेवालकसहित श्रीमति थिइन् । छिमेकी लाक्पा शेर्पाका छोरा संगै सुतेका थिए ।
श्रीमान पेमदोर्जीले चार दिनअघि मात्र मनिट्रन्सफरमार्फत विदेशबाट पैसा पठाएको छिमेकीले बताएका छन् ।
सदरमुकामदेखि १० घण्टाको पैदल दुरीमा रहेको उक्त ठाउामा उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय दिंलाबाट प्रहरी निरीक्षक दुर्गा प्रसाद थापाको नेतृत्वको टोली पुगिसकेको छ । प्रत्यक्षदर्शी चन्द्रकला राईका अनुसार मृतक पासाङ हेल्मो र आङछिरिङको टाउकोमा ठूलो चोट लागेको छ । अढाई वर्षीय देञ्जीको शव खाटमाथि र दुई जनाको शव भूईंमा क्षतबिक्षत अवस्थामा रहेको बताइएको छ ।
बिहान अवेरसम्म सुनसान भएपछि सोधखोज गर्दा मूल ढोकामा ताला लागेको र खुल्ला जस्केलो -भmयाल) वरिपरी रगतको टाटा देखेपछि मात्रै छिमेकीले तीन जनाको मृतक अवस्थामा फेला पारेको बताएका हुन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक युवनारायण बैद्यले बताए ।