चीनमा अब कानुनव्यवसायीले पनि चिनियाँ कम्युनिष्ट पार्टीप्रति निष्ठा राख्ने कसम लिनुपर्ने भएको छ । पहिलो पटक गर्न लागिएको यस व्यवस्थाअन्तर्गत देशको कम्युनिष्ट पार्टीप्रति इमान्दार र प्रतिवद्ध रहेको सपथ लिन वकिलहरुलाई भनिएको हो ।
देशका सबै वकिल जसले वकालतनामाको लाइसेन्स चान्छन् उनीहरुले देश र नेतृत्वकर्ता कम्युनिष्ट पार्टीलाई समर्थन दिने कसम खानुपर्ने चिनियाँ न्याय मन्त्रालयले घोषणा गरेको हो ।
वकिलहरुमा राजनीतिक, व्यवसायिक र नैतिक मूल्यको विकास गर्नका लागि यस्तो सपथ लिने व्यवस्था गर्नुपरेको चीन सरकारले प्रष्ट गरेको छ ।