अफ्रिकी मुलुक मालीमा विद्रोही सैनिकहरुले राष्ट्रपति भवन कब्जा गरेका छन् । उनीहरुले सत्ता आफ्नो हातमा आएको दावी गर्दै संविधान भङ्ग गरिएको समेत घोषणा गरेका छन् ।
मौजुदा मन्त्रिमण्डल पनि भङ्ग गरिएको जानकारी विद्रोही सेनाले दिएका छन् ।
केही समय अघि मात्र गठित नेशनल मुभमेन्ट फर द लिबरेशन अफ अजावाद एनएलएमए लगायतले यहाँ सरकार विरुद्ध आन्दोलन छेड्दै आएका थिए ।
उनीहरुले सहारास्थित आफ्नो प्राचीन तुअरेग क्षेत्र अजावाद स्वतन्त्रता भएको दाबी गर्दै आएका छन् । युद्धमा थुप्रै विद्रोही र सरकारी सेनाको मृत्यु भइसकेको छ ।