अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनद्धारा अफगानिस्तानमा तालिवानसंग अझै पनि वार्ताको ढोका खुला रहेको भनाई

तालिवानसंग अझै पनि वार्ताको ढोका खुला रहेको: क्लिन्टन


अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अफगानिस्तानमा तालिवानसंग अझै पनि वार्ताको ढोका खुला रहेको बताउनु भएको छ । तर तालिवानले हिंसाको बाटो छाड्नु पर्ने क्न्टिलनको भनाई थियो ।

 

उहांले अमेरिका अफगानिस्तानको राजनीतिक समास्या समाधानको लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

 

कान्दाहारमा अमेरिकी सेनाले अनाहकमा १६ अफगान सर्वसाधारणको हत्या गरेपछि तालिवानले अमेरिकासंगको वार्ताबाट पछि हटेको जनाएको छ ।

अमेरिकाले अफगानिस्तानबाट सन् २०१४ को अन्त सम्म आफ्ना सेना फिर्ता गर्ने घोषणा गरिसकेको छ भने अफगानिस्तानको सुरक्षा व्यवस्थामा पनि प्रश्न उठ्न थालेका छन् ।