मोहम्मद मेराहमाथि गत सोमबार टुलुजको एक यहुदी स्कुल बाहिर गोलीवारी गरि चार जनाको हत्या गर्नुका साथै गत हप्ताका अरु दुई आक्रमणमा तिन फ्रेन्च सैनिकको हत्याको आरोप पनि थियो । यसैबीच प्रहरीले मेराहका सहयोगिहरुले पनि खोजी गरिरहेको र उसको परिवारका विभिन्न सदस्यहरुलाई पनि नियन्त्रणमा लिइएको छ । पेरिसका आतंकवाद निरोधक इकाइ प्रमुखले मेराहले हिजो पनि सेनाको हत्या गर्ने तयारी गरेका थिए ।
मेराहले प्यालेष्टाइनी बालबालिका विरुद्ध बदला लिन चाहेको र पाकिस्तानको बजिरिस्तानमा अलकायदाबाट प्रशिक्षण लिएको दाबी गरेका थिए । उनी अफगानिस्तान पनि गएका थिए । अफगानिस्तानका अधिकारीहरुका अनुसार अफगानिस्तानमा सन् २००७ मा भएको बम विष्फोटको योजना रचेको आरोपमा उनलाई कान्दाहार जेलमा राखिएको थियो ।
तर अर्को वर्ष तालिवानको नेतृत्वमा जेल तोड पछि उनी त्यहांबाट भागेका थिए ।