अफगानिस्तानमा सर्वसाधारणको हत्या गरेको आरोपमा अमेरिकी सैनिकमाथि हत्या अभियोग मुद्धा

अफगानिस्तानमा सर्वसाधारणको हत्या गरेको आरोपमा अमेरिका झिकाईएका अमेरिकी सैनिक साजेन्ट रोबर्ट बालेसमाथि हत्या अभियोगमा मुद्धा लगाउने अन्तिम तयारी भईरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 

गत मार्च ११ मा अफगानिस्तानमा १६ जनाको गोली प्रहार गरी हत्या भएपछि त्यसको दोष बालेसमाथि लाग्दै आएको छ । तर उनीलाई घटनामा संलग्न रहेको भनी प्रमाणित गर्न प्रमाणको अभाव हुने बालेसका वकिलले बताएका छन् ।

 

अफगानिस्तानमा मारिएकाहरुको शव तत्कालै जलाईएको र घटनाका प्रत्यक्षदर्शीहरुलाई बयानका लागि अमेरिका लैजान कठिनाई हुने भएकाले प्रमाणको अभाव हुने भएको हो ।

 

१६ जनाको हत्यापछि अफगानिस्तानमा अमेरिका विरोधी प्रदर्शनको लहर तीब्र भएको छ । धेरै अफगानीले अमेरिकी सेनालाई आफ्नो देशबाट विदा हुन दबाब दिईरहेका छन् ।