किमडाँडामा लागेको भिषण आगोलागी ४ घण्टा पछि नियन्त्रणमा

– प्रेमनारायण आचार्य

 

  अर्घाखाँची ११ चैत । अर्घाखाँचीको किमडाँडा गाविस वाड न. २ मा हेको भद्री सामुदायीक बनमा आज दिउसो लागेको भिषण आगालागि ४ घण्टा पछि नियन्त्रणमा आएको छ ।


  आगालागीबाट  भद्री सामुदायीक बनको जंगल रुख बिरुवा, यहा रहेका केहि चरा चरुंगी  समेत जलेर नष्ट भएको स्थानीय अर्जुन भुसालले बताए । के कसरि आगो लागेको हो भन्ने थाहा हुन सकेको छैन ।


  स्थानीय बासिन्दा  जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट गएको नेपाल प्रहरीको टोली र चन्दन नाथ गण म्यालपोखरी ब्यारेकको नेपाली सेनाको टोलीले करिब ३ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु