राष्ट्र संघका विशेष दूत कोफी अन्नानले सरियामा शान्ति प्रस्तावका लागि रुसको समर्थन लिन मस्कोमा

राष्ट्र संघका विशेष दूत कोफी अन्नानले सरियामा शान्ति प्रस्तावका लागि रुसको समर्थन लिन मस्को जानुहुने भएको छ । अन्नानको शान्ति प्रस्तावमा सिरियाले आफ्नो नागरिक विरुद्ध गरेको सैन्य कारवाही रोक्नुपर्ने उल्लेख छ ।


 

 

राष्ट्रपति बसर अल असदका सेनाले भने विद्रोहीले आत्मसमर्पण गरेर छिमेकी देशलाई हतियार दिन बन्द गर्नुपर्ने माग गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदले राजिनामा दिनुपर्ने अरब लिगको मागमा रुसले असहमति जनाएपछि अन्नान रुस जान लाग्नुभएको हो ।

 


सिरियामा राष्ट्रपति बशर अल असदको शासन विरुद्ध सन् २०११ को मार्च देखि सुरु भएको हिंसामा कम्तीमा ८ हजार मानिसको ज्यान गइसकेको राष्ट्रसंघले जनाएको छ ।