भारतीय सेना अध्यक्ष वीके सिंहले सैनिक उपकरणको सम्बन्धी मामीलमा आफुलाई १४ करोड रुपैयाँ गुस दिने प्रयास भएको बताए पछि उहाँ विवादमा तानिनु भएको छ ।
सेना प्रमुखको अभिव्यक्तिलाई लिएर भारतिय संसदमा व्याक विवाद भएका पछि सरकारले घटनाबारे अध्यन गर्न केन्द्रिय अनुसन्धान ब्यूरोलाइ आदेश दिएको छ ।
सेना अध्यक्ष सिंहले भारतिय पत्रिका द हिन्दूलाई अन्र्तवार्ता दिने क्रममा सेनाका ६ सय गाडी किन्ने प्रयोजनका लागि आफुलाई १४ करोड रुपैयाँको प्रलोभन आएको र सो कुरा रक्षा मन्त्रीलाई समेत जानकारी दिएको उल्लेख गर्नु भएको छ ।