अफगानिस्तानको दक्षिणी हेलमन्ड प्रान्तमा अफगान सेनाले दुई जना नेटो सेनाको गोली हानी हत्या गरेका छन् ।
सैन्य शिविरमा भएको आक्रमणमा गोली हान्ने अफगान सैनिकलाई पनि तत्कालै मारिएको नेटोले जनाएको छ । मारिने अन्तर्राष्ट्रिय सेना कुन देशका हुन भन्ने बारे केही खुलाइएको छैन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले आक्रमणकारी अफगान सेना भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले अफगान र नेटो सेनाबीच भनाभन भएपछि अफगान सेनाले उनीहरुलाई गोली हानेको जनाएका छन् ।
गत हप्ता मात्रै हेलमन्ड प्रान्तमा अमेरिकी सेनाका हबल्दारले १६ सर्वसाधरणको हत्या गरेको केही दिन पछि यो घटना भएको हो ।