फ्रान्सको टलाउसमा सुरक्षाकर्मी तथा स्कुले विद्यार्थिको हत्या गर्ने मोहमद मेराहका गतिविधि समेटिएको श्रब्यदृश्य अरवी टेलिभिजन अलजजिरालाई पठाईएको पत्ता लागेपछि प्रहरीले त्यसबारे अनुसन्धान शुरु गरेको छ ।
प्रहरीले फेला पारेको कम्प्युटर ममेरीमा राखिएको श्रब्यदृश्यमा मेराहले कुरान पढिरहेको लगायतका दृश्य सामेल छन् । श्रब्यदृश्य मेराह आफैले खिचेको हुनसक्ने प्रहरी स्रोतको भनाई छ ।
अलग अलग घटनामा तीन सुरक्षाकर्मीसहित सात जनाको हत्या गरेर गत साता आफ्नै अपार्टमेन्टमा प्रहरी कारबाहीमा मारिएका मेराहले नै ती दृश्यहरु अल जजिरालाई उपलब्ध गराएका हुन कि अरुको पनि संलग्नता छ भनी पत्ता लगाउन अनुसन्धान जारी रहेको बताईएको छ ।
प्रहरीले मेराहका दाजु अब्डल्क्डर मेराहलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेर सोधपुछ गरिरहेको छ तर उनले आरोप अश्वीकार गरेका छन् ।