आइएमएफका पूर्व प्रमुख डोमिनिक स्ट्रास कान विरुद्ध बेश्याहरुको संजाल बनाएको अभियोगमा मुद्धा

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका पूर्व प्रमुख स्ट्रास कान फेरि विवादमा


 


अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफका पूर्व प्रमुख डोमिनिक स्ट्रास कान विरुद्ध बेश्याहरुको संजाल बनाएको अभियोगमा मुद्धा चलाएका छन् ।

 

 उत्तरी फ्रान्सको लील शहरमा अधिकारीहरुले ६२ बर्षे कानसँग लामो सोधपुछ गरपछि उनी बेश्याहरुको घेरा भित्र रमाउने गरेको ठहर भएको हो ।

 

कान सहभागी हुने पार्टीहरुमा वेश्याहरुलाई बोलाईने गरेको पुष्टि भएको छ । यद्यपी स्ट्रास कानले ती महिलाहरु पैसाका लागि वेश्यावृतिमा संलग्न रहेको बारे आफुलाई थाहा नभएको बताएका छन् ।

 

प्रहरीले नियन्त्रणमा लिएका महिलाहरुले आफु र स्ट्राउस कानबीच शारिरीक सम्बन्ध भएको बयान दिएका छन् । कानका वकीलले भने उनी निर्दोष रहेको साबित गरेर देखाउने दाबी गरेका छन् । डोमिनिक स्ट्राउस कानमाथि सन् २०१० को अन्त्य र २०११ को शुरुवातमा सेक्स पार्टीहरुमा सहभागि भएको आरोप लागेको छ । यो मुद्धालाई फ्रान्समा काल्र्टन अफेयरको नाम दिइएको छ ।

 

गत मेमा अमेरिका भ्रमण रहेको बेला होटलकी महिलासंग यौन सम्पर्क गरेको आरोप लगोपछि उनी आईएमएफको प्रमुखबाट हटाईएका थिए ।