अफगानिस्तानको राजधानी काबुलमा अफगान सेनासहित १६ जना आत्मघाती आक्रमणकारी पक्राउ परेका छन् । आक्रमणको योजना विफल पारिएपछि उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन् ।
हतियारले सुसज्जित ६ जना अफगान सेनाहरु आक्रमणको तयारीमा रहेको गरिरहेको बेला पक्राउ परेको वताइएको छ । काबुलस्थित राष्ट्रपति भवनबाट एक किलोमिटर भन्दा कम दूरीमा रहेको रक्षा मन्त्रालयमा आत्मघाती आक्रमणको लागि तयारी अबस्थामा राखिएका ११ वटा ज्याकेटहरु पनि बरामद गरिएको छ ।
११ वटा बसमा करिब ११ सय कर्मचारीलाई लिएर आउने स्टाफ बसमा विष्फोट गराउने योजना अन्तर्गत ज्याकेटहरु ल्याइएको अधिकारीले जनाएका छन् ।
गुप्तचर अधिकारीहरुले आक्रमणको योजना सफल भएको भए यसबाट ठूलो जनधनमा ठूलो क्षति पुग्न सक्ने बताएका छन् । हेलमन्ड प्रान्तमा अफगान सेनाले नेटो गठबन्धनका तीन सेनालाई गोली हानी हत्या गरेको दोस्रो दिन आत्मघाती अफगान सेनासहितको ठूलो समुह पक्राउ परेको हो ।