लिवियाको दक्षिणी क्षेत्रको आदिवासी बस्तीमा भएको संघर्षमा ७० भन्दा बढी मानिस मारिएका छन् । लिवियाली सरकारका प्रवक्ताका अनुसार संघर्षमा १ सय ५० जना घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । तोबु आदिवासी नेताले हत्याको आरोप लागेका विपक्षी समूहका नेतालाई स्थानीय सत्ता सुम्पन अस्वीकार गरेपछि दुई पक्षबीच हिंसा भड्किएको थियो । सरकारले मध्यस्थताको प्रयास गरिरहेको छ ।
लिवियामा विद्रोही सेनाले कर्णेल गद्धाफीको हत्या गरेपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ । अन्तरिम सरकार कमजोर बन्दै गएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।
केही दिन अघि मात्र बेन्घाजी क्षेत्रमा अर्ध स्वायत्तताको पक्ष र विपक्षमा प्रदर्शन भएको थियो ।