जापानमा हत्या गरेको अभियोगमा तीन जना कैदीलाई झुण्ड्याएर मृत्युदण्ड

जापानमा तीन जना कैदीलाई मृत्युदण्ड दिइएको छ ।

 

जापानको न्याय मन्त्रालयका अनुसार पाँच जनाको हत्या गरेको अभियोगमा कारागारमा सजाय काटिरहेका तीन जनालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।

 

जापानको कारागारमा मृत्युदण्डको सजाय सुनाइएका सयभन्दा बढी कैदी छन् । पछिल्लो पटक सन् २०१० पछि तीन जना बन्दीलाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

मृत्युदण्ड पाउने तीन जना मध्ये सन् १९९५ मा टोकियोको सुरुङमा भएको ग्याँसकाण्डका आरोपी शोको अशारा पनि छन् ।