सन्धिखर्क – वाङ्गला सम्मको सडकमा ग्राभेलको काम ठप्प

– अर्घाखाँची ब्युरो


अर्घाखाँची – ठेकेदारले सडकमा ग्राभेल गर्दा गुणस्तहीन काम गरेको ठहर भएपछि ग्राभेलको काम ठप्प भएको छ । काम रोकिएको महिना दिन बितिसक्दा समेत पुनःसुचारु हुनेमा अन्योल देखिएको छ ।

 
सडकमा गुणस्तरहीन साम्रागी राखेको उजुरी आएपछि काम रोक्न निर्देशन दिएको थियो ।  सडकमा ग्राभेल गर्दा गिटि ढुंगा र वालुवा  छानेर छाल्नुको सटा खालाको पाँगो उठाएर सिधै हालेको भन्दै स्थानीय गाउँलेले सडकमा गुणस्तरीय सामाग्री हाल्न  भनि वाङ्गला गाउँका वासिन्दाहरु जिविसमा उजुरी गर्न आएका थिए ।

 

सन्धिखर्कको देखि वाङ्गला गाविसको जैरीपोखरासम्मको ११ किलोमिटर विश्व बैंकको आर्थिक सहयोगमा ग्रामिण पहँच सुधार तथा विकेन्द्रिकरण परियोजना मार्फत जिविसको मातहतमा रहने गरि ग्राभेल गर्न लागिएको छ । ुअनुगमन गर्दा गिटि बालुवा र ढुंगा चालेर हाल्न भनि बारम्बार आग्रह गर्दा ठेकेदारले अटेर गरेका थिएु जिविसका ईन्जिनियर होमनाथ पौडेलले भने उपभोक्ताको उजुरीपछि सडकमा ग्राभेल गर्ने काम रोक्नु परेको हो । परियोजनाका प्राविधिक ईन्जिनियर सहितको टोली आफै आएरै अनुगमन गरेपछि मात्र सुचारु गर्ने भनिएपनि आउन ढिलाई गरेकाले ग्राभेलको काम पुनःसुचारु हुने अन्योल रहेको छ । ११ किलोमिटरमध्ये ३ किलोमिटर सडकमा बिच्छाईएको गिटि बालुवा गुणस्तरहीन भएकाले त्यसलाई पुनः उक्काएर चालेर नहालेसम्म काम अगाडी नबढाउन भनि परियोजनाले निर्देशन दिएपछि रोकिएपछि केन्द्रबाट टोली आउन ढिलाई भएकाले अन्योलता रहेको पौडेलको भनाई छ ।


खोलाको माटो सहितको बालुवा भ्याकुले उठाएर सिधै बाटोमा हालेको गाउँलेको गुनासो छ । उपभोक्ताले ३ किलोमिटरमा हालिएकोलाई पुनः उक्काएर चालेपछि राम्रो सामग्री हाल्नुपर्ने माग राखेको स्थानीय नारायण शास्त्रीको भनाई छ । उपभोगताले अनियमिततालाई तत्काल छानविन गरी सत्यतथ्य सार्वजनिक गरी छिटो ग्राभेल गर्ने कामलाई निरन्तरता दिन आग्रह गरेको स्थानीय पिताम्बर शर्माले बताए । 

 

 विश्व बैंकको आर्थिक सहयोगमा ग्रामिण पहँच सुधार तथा विकेन्द्रिकरण परियोजना मार्फत जिल्ला विकास समितिको निगरानीमा रहने गरि  २ करोड ५० लाख रुपैयाँको लगानीमा ११ किलोमिटर कच्ची सडकमा ग्राभेल गर्न लागिएको हो । ग्राभेलको जिम्मा हिम सगरमाथा पुष्पा जेवीले लिएको छ । ठेकेदार नारायण बाजाडेले सम्झौता अनुसार काम गर्ने र गल्तीलाई सुधार गर्ने भनि प्रतिबद्धता जनाएपनि पुन काम सुचारु हुनेमा अन्योल छ ।

 

सन्धिखर्क-वाङ्गला हुदै गुल्मीको तम्घास सम्म जोडने उक्त सडक जिल्लाको पुर्वी क्षेत्रको मुख्य सडक अन्तरगत पर्छ । गिटि वालुवा मोटो मिसावट गरि निर्माण गर्नुपर्ने सडकमा त्यसो नगरी वाङ्गला र ठुलापोखराको स्थानीय जरो खोलामा रहेको वालुवा सडकमा छरेर सिधै ठग्न खोजिएको उनीहरुको गुनासो छ । ठेकेदार नारायण बाजाडेले ईष्टिमेट अनुसार काम गर्ने र ३ किलोमिटर सडकमा विच्छाईसकेको वालुवालाई टयाक्टरले जोतेर निकाली पुन छानेर ग्राभेल गर्ने प्रतिवद्धता जनाएपनि विश्व बैंकले नै काम रोक्न निर्देशन दिएकाले छानविन नगर्दासम्म सुचारुको काम अगाडी नबढाउन भनेको जिविसले जनाएको छ ।

 





अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु