इन्डोनेशियामा छोटो स्कर्ट लगाउन बन्देज

इन्डोनेशियामा छोटो स्कर्ट लगाउन बन्देज लगाइने भएको छ ।

 

छोटो स्कर्ट लगाउँदा अश्लिलता हुने जिकीर गर्दै त्यहाँका धार्मिकमामिला मन्त्रीले यसलाई अश्लिलताविरुद्ध रोक लगाउनुपर्ने बताउनुभएको छ ।

 

घुँडाभन्दा माथि देखिने गरी स्कर्ट लगाएमा अश्लिलता हुने मन्त्री सूर्यधर्मा अलीको दावी छ ।

 

उनले बलात्कार र महिलामाथि दूव्र्यवहारको घटना बढ्नुमा कपडाको पनि दोष रहेको बताए ।

 

राष्ट्रपति सुसिलो बाङबाङ यूधोयोनोको समेत समर्थनमा हालैका दिनमा अश्लिलता फैलाउनेमाथि कार्वाही गर्ने कानून बनाउन विशेष कार्यदल बनाइएको थियो ।

 

इन्डोनेशियाका सबै इस्लामिक संगठनको प्रतिनिधित्व गर्ने उलेमा समितिले यस नियमको समर्थन गरेको छ । तर महिला र मानवअधिकारवादी संघसंस्थाले भने यस नियमको विरोध गरेका छन् ।