भगवानको दास रहेछ

world news
                       -राजु खड्का 
           सन्धिखर्क अर्घाखाँची 
हाल : सम्युत्त अरब एमिरेट्स यूएई सारजाह 
भगवानको दास रहेछ

पिडामाथि पिडा थपिँदा यहाँ खुसीको नास भएछ
कहिले मनको दुखाई कहिले तनको यस्तो एहसास भएछ ।

अकस्मात जिवनमा जमिन चिर्ने गरी भुईचालो आउदा
थाम्नै, नसस्ने गरी रुँदा आँशु नै आँशुको रास भएछ ।

भरखरै फुलेको फुलबाट बासनाको अपेक्षा गर्नै लाग्दा
डर, त्रासले मन आत्तिएर  छिनमै आज शास गएछ ।

साँझमा टुप्लुक्क आएको बटुवाले घरमा बास पाएझै 
मान्छेको जिन्दगी त केवल भगवानको दास रहेछ ।

जहाँ जे भएपनि साथि हो, धर्म छाडन हुदैन आफनो
बिन्तीले हुने कुरो रोकिदैन, आखिर कर्मै खास रहेछ ।।