अमेरिकाको क्यालिफोर्नियास्थित एक विश्वविद्यालयमा एकजनाले अन्धाधुन्ध गोली हानेर सात जनाको हत्या

अमेरिकाको क्यालिफोर्नियास्थित एक विश्वविद्यालयमा एकजनाले अन्धाधुन्ध गोली हानेर सात जनाको हत्या गरेको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजादा मृत्यु भएको थियो ।

 

अरु तीन जना घाइते भएको प्रहरीले जनाएको छ । ओकलैण्ड शहरको ओइकोज विश्वविद्यालयको कक्षा कोठाभित्र छिरेर गरेर गोली हान्ने ४३ वर्षीय ओन गोह रहेको प्रहरीले जनाएको छ । ओकलैण्ड प्रहरी प्रमुख हवार्ड जोर्डनका अनुसार उक्त व्यक्ति सोही कलेजका पूर्व विद्यार्थी हुन् ।

 

दश वर्ष अगाडि विश्वविद्यालय स्थापना गर्ने पास्चर जोग किमले बन्दुकधारी आफ्नै कलेजको नर्सिङका विद्यार्थी रहेको बताए । उनले ३० गोली चलेको आफुले सुनेको बताए ।

 

ओइकोज विश्वविद्यालय संगीत, नर्सिङ र धर्मशास्त्रको अध्ययन गराइने एक निजी धार्मिक संस्थान हो । कोरियाई उक्त कलेजमा अकस्मात छिरेर गोहले गोली चलाएका थिए । एक पागल जस्तो व्यक्ति भित्र छिरेर अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताए ।