ग्रीसको राजधानी एथेन्सस्थित संसद बाहिर एक व्यक्तिले सरकारी खर्च कटौतिको विरोधमा आत्महत्या गरेपछि तनाब उत्पन्न भएको छ ।
सरकारी पेन्सन खांदै आएका ७७ वर्षिय दिमित्री क्रिस्टुलासले संसद भवन बा
हिर गोली हानेर आत्महत्या गरेका थिए ।
सञ्चारमाध्यमहरुका अनुसार आत्महत्या गर्नु अघि दिमित्रीले लेखेको चिठ्ठीमा सरकारले आफ्नो पेन्सन कटौति गरेकाले आत्महत्या गर्नु परेको लेखेका थिए ।
घटना पछि हजारौं मानिस संसद भवन बाहिर प्रदर्शनमा उत्रिएका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ ।
आर्थिक रुपमा जर्जर बनेको युरोपेली मुलुक ग्रीसमा सरकारी खर्च कटौति गरेपछि तनाबमा परेकाहरु आत्महत्या गर्न थालेका छन् ।