माओवादीको क्रान्तिकारी विचार समुहले अर्घाखाँचीमा पनि असमान सन्धी सम्झौता जलायो

– बिनोद गैरे / हरि प्रसाद भुसाल

 

अर्घाखाँची   एकीकृत नेकपा माओवादीको क्रान्तिकारी विचार समुहले आज अर्घाखाँची जिल्लामा कोण सभा तथा असमान सन्धी सम्झौता जलाउने कार्यक्रम सम्पन्न गरेको छ ।

 

सरकारको राजीनामाको माग गर्दै आएको समुहको केन्द्रीय कार्यक्रम अन्तरगत सम्पन्न भएको कार्यक्रम अर्घाखाँची जिल्लामा यो समुहको पहिलो कार्यक्रम हो ।

 

कार्यक्रममा एकीकृत नेकपा माओवादी मगराँत राज्य समिति सदस्य बाबुराम घिमिरेले असमान सन्धी सम्झौता गर्दै आएका कारण बाध्य भएर राष्ट्रियताको रक्षाको लागि यो सरकारको राजिनामा मागिएको बताए । उनले ०७ साल, ३६ साल र ०४६ सालमा जस्तै ०६२/०६३ को आन्दोलन र दशवर्षिय जनयुद्ध समेत सम्झौतामा टुङ्गिएकाले आन्दोलनको निरन्तरता औल्याए ।

अन्य समाचारहरु