पाकिस्तानका सय भन्दा बढी सैनिक भारतसंग सीमा जोडिएको विवादित कश्मिरी क्षेत्र सियाचेनको हिउंपहिरोमा पुरिएका छन् । स्थानिय टेलिभिजनका अनुसार काराकोरम पहाडि क्षेत्रको सियाचेन हिमताल नजिक यो दुर्घटना भएको हो ।
गायरी जिल्ला नै हिमपहिरोको चपेटमा परि पछि करिब १ सय ३० पाकिस्तानी सेना पुरिएको अन्तर्राष्टिय सञ्चारमाध्यहरुले जनाएका छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन् ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजरजनरल अथरअब्बासले कम्तिमा १०० जना सेना हिमपहिरोमा हराईरहेको र उद्धारकार्य शुरु भएको बताउनु भयो ।