चीनको हुनान प्रान्तमा आइफोन र आइप्याड किन्न एक युवकले ३ हजार डलरमा किड्नी बेचे


 

चीनको हुनान प्रान्तमा आइफोन र आइप्याड किन्न आफ्नो किड्नी बेच्ने पांच जना युवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गत अप्रिल महिनामा युवाहरुको किड्नी निकालिदिने सर्जन पनि रहेका छन् ।

 

वाङ नामका एक युवकले किड्नी बेचेर ३ हजार डलर पाएको बताएका छन् । किड्नी प्रत्यारोपणको काम गर्ने समुहले ३५ हजार डलर पाएको स्वीकार गरेका छन् ।

 

पक्राउ परेकाहरु विरुद्ध मावन अंगको गैर कानुनी कारोवार गरेको आरोप लगाइएको छ । चीनमा एप्पल आइफोन र आइप्याडहरु निकै लोकप्रिय भएपनि उच्च मुल्यका कारण ग्रामीण क्षेत्रमा बस्नेहरुको पहुच भन्दा बाहिर मानिन्छ ।

 

चीनमा गत महिना मात्र कैदीहरुबाट मानव अंग दान लिने काम बन्द गरिएपछि अंग प्रत्यारोपणमा झनै कमी आउन थालेकोले मानव अंगको गैर कानुनी कारोवार बढेको बताइन्छ ।