– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – भीरबाट लडेर गंभिर घाईते भएकी ६ वर्षीय बालिका विमला पुनलाई उपचारको लागि आर्थिक सहयोग जुटदै गएको छ ।
अर्घाखाँची कतार सेवा समाज अभियानको तर्फबाट २ हजार रुपैयाँ अर्घाखाँची डटकमका प्रमुख मेहर सिंह केसी मार्फत सहयोग दिदै चुत्रावेशी भक्तिटोलाकी रिता श्रेष्ठ ।
अति गरिब परिवारका कारण ६ हजार नहुदा बालिकाले उपचार नपाएको समाचार शुक्रवार अर्घाखाँची डटकम अनलाईनले तस्बिर सहित प्रकाशित गरेको छ । शनिवार सन्धिखर्कका स्थानीय युवा मदन भुसालले ५ हजार रुपैयाँ अर्घाखाँची कतार सेवा समाजको तर्फबाट सन्धिखर्क भक्तिटोलाकी रिता श्रेष्ठले २ हजार सहयोग गरेका छन ।
शनिवार सन्धिखर्कका युवा मदन भुसालले ५ हजार रुपैयाँ बालिकाका वुवा चन्द्र बहादुरलाई हस्तान्तरण गर्दै । साथमा अस्पतालका डा. मुनिष शर्मा अर्घाखाँची डटकमका प्रमुख मेहर सिंह केसी लगायत ।
भुसालले अस्पतालमा गएका विमलाका वुवा चन्द्र बहादुरको हातमा र श्रेष्ठले अर्घाखाँची डटकमको कार्यालयमा आएर दिईन । उक्त रकम डटकमले चन्द्र बहादुरलाई हस्तान्तरण गरिसकेको छ ।
त्यस्तै अमेरिकामा कार्यरत सन्धिखर्क हललाईनका नारायण भुसालले ५ हजार रुपैयाँ भारतमा कार्यरत ठाडाका बेलिसंह परियारले ५ सय पठाएका छन । उक्त रकम आईतवार हस्तान्तरण गरिनेछ ।
अन्य सहयोग दाताका सम्पर्कमा आएमा पुन नाम प्रकाशित गरिनेछ ।
सहयोग कहाँ, कसरी पठाउने ?
अर्घाखाँची डटकमको खाता नं- ०१५०००००२६०६ (015000002606)
IME Finacial Institutions LTD, Sandhikharka Branch, Arghakhanchi, Nepal
A/C NO. 015000002606
Arghakhanchi.com Online/Weekly
– साथै बाहिरबाट आपत्कालिन सहयोग पठाउनको लागि निम्न नाम विवरणमा पठाउन सकिनेछ :-
Mehar Singh K.C वा Birendra KC
Sandhikharka, Arghakhanchi
Arghakhanchi.com Online/Weekly
Tele:- +977 7740785 / 9847110773 / 9857061416 / 9841294240 / 9747040405 / 9847107161
वेडमा बेहोस अवस्थामै रहेकी विमला पुन ।