यमनको दक्षिणी अब्यान प्रान्तको लावडरस्थित सेनाको एक पोष्टमा अल कायदा लडाकुले गरेको आक्रमणमा कम्तिमा चार जना यमनी सेना मारिएका छन् ।
अन्सर अल शारिय नामक संगठनका सदस्यले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । स्थानिय आदिवासी नेताहरुका अनुसार करिब तिन घण्टा सम्म चलेको आक्रमणमा दश जना लडाकु पनि मारिएका छन् ।
दक्षिणी र पूर्वी यमनका विभिन्न क्षेत्रमा गरिएको हवाई आक्रमणमा २४ जना संदिग्ध अल कायदा लडाकु मारिएको एक हप्तापछि लडाकुका तर्फबाट यो आक्रमण भएको हो ।
इस्लामिक लडाकुहरुले गत वर्षदेखि नै अब्यानमा नियन्त्रण जमाउने प्रयास गरिरहेका छन् ।