उत्तर कोरियाले भुउपग्रहसहितको रकेट प्रक्षेपणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
उत्तर कोरियाली अधिकारीहरुले संचारकर्मीहरुलाई चीनको सीमामा पर्ने घना जंगलवीचको रकेट प्रक्षेपण स्थलमा लगी तयारीबारे जानकारी गराएका छन् ।
उत्तर कोरियाले अप्रिल १२ देखि १४ तारेखका वीचमा रकेट प्रक्षेपण गर्ने जनाएको छ ।
उत्तर कोरियाले मौसम समबन्धी जानकारीका लागि भुउपग्रह प्रक्षेपण गर्न लागेको जनाए पनि त्यसप्रति शंका गर्दै जापान, दक्षिण कोरिया र अमेरिकाले रकेट खसाल्ने चेतावनी दिएका छन् ।
रकेटले आफ्नो सार्वभौमसत्तामाथि खतरा उत्पन्न गरे त्यसलाई खसालिने चेतावनी दिदै जापान र दक्षिण कोरियाले रकेटभेदी क्षेप्यास्त्र तयारी अवस्थामा राखेका छन् ।