– सुन्दर खड्का
सन्धिखर्क २
हाल : काठमाण्डौं, नेपाल
म बिना एक्लै बाँच्न सक्छौ र ?
म रुँदा तिमि हाँस्न सक्छौ र ?
छाडेर जाने घुर्कि किन हो
मन मुटु अन्तै साट्न सक्छौं र ?
के मैले एउटा गल्ती गर्दैमा
साइनो अर्को गाँस्न सक्छौ र ?
गर्दिन माया मलाई भनेर
आफ्नै मनलाई ढाँटन सक्छौ र ?
छोडेर मलाई पराई सँग
प्रेमको डोरो बाट्न सक्छौ र ?