स्थानीय बिकास मन्त्री टोपबहादुर राममाझी चिदीकामा, शान्ती र संबिधानको बिरोध गर्नेहरु सबै राजाबादी भएको आरोप


 

– प्रेमनारायण आचार्य

 

   अर्घाखाँची २९ चैत । स्थानीय बिकास मन्त्री टोपबहादुर राममाझीले शान्ती र संबिधानको बिरोध गर्नेहरु सबै राजाबादी भएको बताउनु भएको छ ।


आफ्नै पाटीको बैद्य पक्षलाई ईंकित गर्दै उहाले सेना समायोजन भएको देख्न नचाहाने पक्षहरु र संबिधान बिरोधीहरु राजाबादी लाई समर्थन गर्न लागि परेको बताउदै शान्ती र संबिधानलाई भाड्ने मानिस तथा राजनितीकदलहरु प्रतिगामी र प्रतिकृयाबादी भएको समेत आरोप लगाउनु भयो  । 

 



अर्घाखाँचीको चिदीका गाविसमा रहेको चन्द्र  माबिको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै स्थानीय बिकास मन्त्री तथा माओबादीका पोलिट्ब्युरो सदस्य रायमाझिले अहिले देसमा शान्ती र संबिधानको पक्षका एक पक्ष र बिरुद्धको एक पक्ष गरि दुई पक्षको चलखेल रहेको बताउनु भयो । उहाले जेठ १४ गते नै नेपाली जनताको संबिधान जारी हुने ठोकुवा गर्दै बाबुराम भटराई नेतृत्वको सरकारलेनै संबिधान जारी गर्ने बताउनु भयो ।


   माओवादीले जातिय आधारको संघियता छाड्ने बताउदै  मन्त्रि रायमाझीले एउटा जातको समुहले अर्को जातको समुह माथी काटमार ल्याउने अवस्था सिर्जना भएकाले देशलाई विखन्डनबाट जोगाउनका लागी जातिय सघियता माओवादीले छोड्ने तयारीमा लागेको बताउनु भएको हो । 


   माओवादी स्थायी समिती सदस्य समेत रहनु भएका राममाझीले सघियताको बहस नेपालमा तिव्र भएपनि सघियता गलतबाटो तिर जान लागेको भन्दै त्यसलाई गलत बाटो तिर जानबाट माओवादी रोक्ने बताउनुभएको छ । सघियताले सबै क्षेत्रलाई समेटेर लैज्जान होतर यसको अर्थ अनेक थरीबाट गर्न थालियोउहाँले भन्नुभयो ।


  मन्त्री  राममाझीले अर्घाखाँचीलाई सालझण्डी सन्धिखर्क ढोरपाटन सडक र पोखरा रिडी सुर्खेत सडकले फाईदा तथा रहात पुग्ग्ने  बताउनु भयो । उहाले अर्घाखाँचीमा कृषि र पर्यटनका क्षेत्रमा नँया योजना ल्याउने तयारी भैरहेको बताउनु भएको छ । 


  कार्यक्रममा स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल एकिकृत माओबादीका केन्द्रिय सल्लाहाकार राजु नेपाली नेपाली काग्रेसका जिल्ला उपसभापति हरिहर आचार्य बिद्यालयका प्रधनाध्यापक मानबहादुर थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु