ह्वाइट हाउसद्धारा राष्ट्रपति बाराक ओबामाको सन् २०११ को कर कट्टी विवरण सार्वजनिक

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति बाराक ओबामाको सन् २०११ को कर कट्टी विवरण सार्वजनिक गरेको छ ।

 

सार्वजनिक विवरण अनुसार गत वर्ष ओबामाको वार्षिक आम्दानी ७ लाख ९० हजार डलर रहेको थियो जस मध्ये २० दशमलब ५ प्रतिशत उहांले कर तिर्नु भएको छ । यो कर दर भने उहांको निजी सहायकले तिर्ने कर दर भन्दा कम रहेको बताइएको छ ।

 

ओबामाको वार्षिक आम्दानीमा आधा उहांको तलबको रकम र बांकी उहांले लेख्नु भएको पुस्तकको बिक्रिबाट संकलित भएको हो ।

 

हालै मात्र ओबामाले धनी अमेरिकीहरुले बढी कर तिर्नु पर्ने प्रस्ताव अमेरिकी कंग्रेसमा पेश गर्ने बताउनु भएको थियो । अमेरिकामा यो वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा करको दर र सामाजिक सुरक्षा सम्बन्धी मुद्धाले प्रमुखता पाउने अनुमान गरिएको छ ।