इरानको परमाणु् कार्यक्रमको महत्वपूर्ण बैठक टर्कीको इस्तानबुलमा

इरानको परमाणु् कार्यक्रमका सम्बन्धमा टर्कीको इस्तानबुलमा महत्वपूर्ण बैठक भइरहेको छ । बैठकमा १५ महिना सम्म अवरुद्ध वार्तामा अमेरिका, रुस, चीन ,बेलायत , फ्रान्स र जर्मनी र ईरानका प्रतिनिधिहरुको सहभागिता छ ।

 

विश्वका छ शक्तिशाली मुलुकहरुले वार्ताबाट इरानको परमाणु कार्यक्रमले श्रृजना गरेको तनाब कम गर्ने अपेक्षा गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले वार्तालाई कुटनीतिक स्तरमा समाधान निकाल्ने अन्तिम अबसर भएको बताउनु भएको छ ।

 

 रुसले आफुहरु रचनात्मक हुनु पर्ने भन्दै दुवै पक्षलाई मतभेद नबढाउन सल्लाह दिएको छ ।

 

अमेरिका लगायतका पश्चिमा मुलुकहरुले ईरानले गोप्य रुपमा परमाणु हतियार विकसित गरिरहेको आरोप लगाएका छन् भने इरानले शान्तिपूर्ण उद्देश्यका लागि परमाणु कार्यक्रम सञ्चालन गरेको दाबी गर्दै आएको छ ।