इरानको परमाणु् कार्यक्रमका सम्बन्धमा टर्कीको इस्तानबुलमा सम्पन्न बैठक सकारात्मक रुपमा सम्पन्न भएको छ । युरोपियन युनियनका अधिकारीहरुले बार्ता रचनात्मक र उपयोगी भएको बताएका छन् ।
इरानका प्रमुख आणविक वार्ताकार सइद जालिलीले बैठक सहकार्यको आधारमा चलेर निकै सफल भएको बताए । अमेरिकाले इरानको सकारात्मक अवधारणा आएको भन्दै वार्तालाई पहिलो कदम भनेको छ । तर केही कुटनीतिज्ञहरुले भने इरानबाट ठोस कदम चालिनु आवश्यक भएकाले अझै धेरै गर्न बांकी रहेको बताएका छन् ।
बहुपक्षीय वार्र्ता १५ महिनादेखी अवरुद्ध थियो । अर्को वार्ता इराकको राजधानी बग्दादमा आगामी २३ मे मा बस्ने निर्णय भएको छ । बैठकमा अमेरिका, रुस, चीन ,बेलायत, फ्रान्स, जर्मनी र ईरानका प्रतिनिधिहरुको सहभागी रहेको थियो । यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले वार्तालाई कुटनीतिक स्तरमा समाधान निकाल्ने अन्तिम अबसर भएको बताउनु भएको थियो ।
अमेरिका लगायतका पश्चिमा मुलुकहरुले ईरानले गोप्य रुपमा परमाणु हतियार विकसित गरिरहेको आरोप लगाएका छन् भने इरानले शान्तिपूर्ण उद्देश्यका लागि परमाणु कार्यक्रम सञ्चालन गरेको दाबी गर्दैै आएको छ ।