अफगानिस्तानमा धमका, संसद भवन, सरकारी कार्यालय, बिदेशी दूताबासमा आतंकबादी आक्रमण, कयौं हताहत


अफगानिस्तानको राजधानी लगाएत बिभिन्न शहरमा भएको आतंकबादी आक्रमणमा परी ५० जनाको मृत्यु भएको छ । घटनामा कयौं हताहत भएको छ ।

 

काबुल लगाएत पूर्वी शहर जलालाबादको संसद भवन, सरकारी कार्यालय, काबुल स्थित अमेरिकन, बेलायती, जर्मन लगायतका बिदेशी दूताबास, सरकारी टीभी हरुमा ग्रिनेड, रकेट र बम बिस्फोट हुँदा अफगानिस्तानका जनतामा भागदौड मच्चिएको छ ।

 

आतंकबादी समूह तालीवानका कार्यकर्ता र सु्रक्षाकर्मीबीच ठाउँ ठाउँमा दोहोरो भीडन्त भइरहेको समाचार प्राप्त भएको छ । बम बिस्फोट र मिसाइल आक्रमणको आवाजबाट त्रसित बनेका बिद्दार्थीहरुबीच भागदौड मच्चिंदा कयौं बिद्दार्थी घाइते भएका छन् ।

 

आक्रमण लगत्तै शहरका कयौं स्थानमा आगलागी भएकाले थप मानविय क्षति हुन सक्ने अनुमान गरिएको छ । दिउँसोको समयमा आक्रमण भएकोले अधिकाशं जनता घरबाहिर नै थिए ।

 

घटनापछी सुरक्षाब्यबस्था कडा तृल्याइएको छ । बम आक्रमणका कारण जमर्नी,बेलायती र अमेरिकी दूताबासमा आगलागी भएको छ ।