अर्घाखाँची केरूङगाका भेषराज पाण्डेद्धारा अमेरिकाको न्युयोर्कमा आत्महत्या

– दिनेशजंग शाह

 

न्युयोर्क –  नर्सिङ पढिरहेका एक जेहेन्दार नेपाली विद्यार्थीको मृत्यु भएको छ । अर्घाखाँची केरूङगा स्थायी घर भएका भेषराज पाण्डेको आईतबार दिउसो न्युयोर्कस्थित वेकअफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

न्युयोर्कस्थित रिजउडमा रहँदै आएका भेषराज पाण्डे उमेर करिब २५ वर्षका आफू बसेको कोठाको वाथरुममा लडिरहेको अवस्थामा आइतबार अपरान्हन फेला परेका छन् ।


 

नेपालीहरुको उल्लेखीय बस्ती रहेको रिजउडस्थित आफनो अपार्टमेन्टमा आईतबार नै पाण्डेलाई अचेत अवस्थामा फेला पारेपछि नजिकै सो अस्पतालमा पुर्याइएको थियो । मृत्युको कारण बारे हालसम्म अस्पतालले केही नजनाएपनि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उनको अपार्टमेन्टबाट प्रहरीले बिषक्त औषधी फेला पारेको थियो ।

 

पाण्डेको नेपाल घर अर्घाखांची केरुङगा हो र बुवा आमा अर्घाखाँची रहँदै आउनुभएको छ ।

 

अपार्टमेन्टमा रहेका अन्य साथीहरु कामको सिलसिलामा बाहिर रहेको मौकामा पाण्डेले ढोकाको चुकुल लगाएर कोठा भित्र रहेका थिए । निकै समयपछि पनि ढोका नखुलेपछि पल्लो कोठाको एक युवकले अन्य साथीहरुलाई बोलाएर ढोका फोडदा पाण्डे अचेत अवस्था फेला परेका थिए । अस्पतालले दुई घण्टा पछि उनलाई मृत घोषित गरेको थियो ।

 

काठमाडौंस्थित हृवाइट कलेजमा अध्ययनपछि अमेरिका आएका पाण्डेको शबलाई नेपाल पठाउने या अमेरिकामै अन्तिम संस्कार गरिने भन्नेबारेमा पाण्डेका परिवारसँग छलफल गरिने तयारी गर्दै रिजउड नेपाली समाजले सोमबार बेलुकी न्युयोरक्स्थित नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई भेला आहृवान समेत गरेको छ ।

 

पाँच बर्ष अघि अध्ययनको लागि अमेरिका आएका पाण्डेले गत बर्ष न्युयोर्कको होस्टोस कलेजबाट रजिस्टर्ड नर्सको कोर्ष पुरा गरेपछि केही महिना नर्थ क्लारोलिनाको एक अस्पतालमा काम गरेका थिए । त्यहाँबाट दुई महिना अघि न्युयोर्क फर्किएका पाण्डे कामको खोजी गरिरहेको र पढाईलाई निरन्तरता दिने योजनामा थिए । नेपाली रिजउड सोसाईटीका अध्यक्ष श्री पराजुलीका अनुसार निकै मिलनसार र मृदभाषी पाण्डे पछिल्लो समय आफनो करियरमा बारेमा बढी नै चिन्तित रहदैं आएका थिए ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु