पाँचबर्ष सम्मका बालबालिकाको बालमृत्युदरमा २० बर्ष पछी कमी आएको युनिसेफले जनाएको छ । युनिसेफ अन्तर्गतको सेभ ख चिल्ड्रेनले हालै सार्वजनिक गरेको रिपोर्टमा सन् १९९० को तुलनामा हरेक बर्ष चालीस लाख बालबालिकाको मृत्युदरमा कमी आएको जनाएको छ ।
सेभ द चिल्ड्रेन अन्तर्गतको ओभरसीज डेभलमेन्ट संस्थाले गरेको शोधपछी रिपोर्ट सार्वजनिक भएको हो । बालमृत्युदर घट्नुको मुख्य कारण आर्थिक बिकास र प्रशासनिक नितीमा सुधार रहेको रिपोर्टमा उल्लेख गरिएको छ । र्आिर्थक बिकास र प्रशासनिक नितीमा सुधार हुनेमा ब्राजील, बंगलादेश र भियतनामका बालबालिका रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
सन् १९९० देखि सन् २००८ मा कुपोषणका कारण बालबालिकामा पर्ने मानसिक र शारीरिक प्रभावले गर्दा बालमृत्युदर ४५ प्रतिशतको दरले थियो भने हाल यसमा कमी आई २७ प्रतिशत मात्रै भएको छ ।
बिश्वका एक सय ३१ राष्ट्रका बालबालिकालाई टिटानस, दादुराको खोप उपलब्ध भएका कारण पनि बालमृत्युदरमा कमी आएको सेफ द चिल्ड्रेनको अनुमान छ । यसबाहेक गरीब राष्ट्रका बालबालिकाका लागि उपलब्ध आर्थिक सहयोग,सरकारी प्रतिबद्धता पनि रहेको ठहर सेभ द चिल्डे