विश्व बैंकका नवनियुक्त अध्यक्ष जिम योंग किमले विश्व पूँजिवादी बजार व्यवस्थापन सुधारमा आफनो मूख्य ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाउनु भएको छ ।
बेरोजगारी र गरीबी दर कम गर्नका लागि बजार व्यवस्थापन सुधारनै एक उत्तम उपाय भएको उहाँको भनाइ छ । यसअघि बिश्व बैकका निर्देशक मण्डलले अमेरिकी चिकित्सक एवं शिक्षाविद जिम योंग किमलाई बैंकका लागि नयाँ अध्यक्ष चुनेको थियो ।
आफ्ना दुई प्रतिष्पर्धीलाई पछि पार्दै किम अध्यक्ष बन्न सफल हुनुभएको हो ।
किमलाई अन्तिम समयसम्म नाइजेरियाकी उम्मेदवारले चुनौति दिएकी थिइन् । अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्व बैकले विश्वका थुप्रै राष्ट्रलाई ऋण प्रदान गर्दछ । यसको स्थापना सन् १९४४ मा भएको हो ।