बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी २४ वर्षपछि विदेश भ्रमणमा निस्कने

बर्मा – बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी २४ वर्षपछि विदेश भ्रमणमा निस्कने भएकी छन् ।

नर्वेको विदेश मन्त्रालयले आगामी जुनमा सुकीले नर्वे भ्रमण गर्ने जनाएको छ । तर सुकीको दलका प्रवक्ताले भने बेलायत भ्रमण गर्ने तयारी भए पनि मिति तय नभएको जनाएका छन् ।

नोबेल पुरस्कार विजेता सुकी लामो समय सैनिक सरकार जुन्ताको नजरबन्दमा परेकी थिइन् । फर्कन नदिने सुकीले यसअघिको विदेश भ्रमण अस्वीकार गरेकी थिइन् ।

सन् १९८८ यता बर्मा नछाडेकी उनको नर्वे भ्रमणको मिति तय नभएको बीबीसीले जनाएको छ ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले यसै साताको बर्मा भ्रमणमा सुकीलाई निमन्त्रणा गरेका थिए । गैरसैनिक सरकारले सत्ता लिएपछि भ्रमण निम्तो दिनेक्रम पनि बढेको समाचारमा जनाइएको छ ।