काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणको क्रममा आज पाँच हजार ३५० मिटर उचाइको आधार शिविरमा एक आरोहीको मृत्युभएको छ ।
हिम चितुवाको उपाधि पाएका ४२ वर्षीय आरोही कारसाङ नाम्ग्याल शेर्पाको बुधवार मध्याह्न लेक लागेर मृत्यु भएको नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले जानकारी दिए ।
शव लिन हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण लुक्लामा नै रहेको र भोलि शव काठमाडौँ ल्याइने शेर्पाले उल्लेख गरे ।
पटकपटक सगरमाथाको आरोहण गरिसकेका मृतक शेर्पा विदेशी आरोहीसँग सहयोगीका रुपमा सगरमाथा आरोहणमा गएको बताइएको छ ।